Skip to main content

बालबालिकाले नै रोके बाल विवाह

सिन्धुली: यहाँका बालबालिकाले विवाहकै दिन एक बालिकाको विवाह हुनबाट रोकेका छन् । स्थानीय मिलिजुली बाल क्लबका बालबालिकाले जिल्लाको सोल्पाठना गाविस २ स्थित हल्डेकी १६ वर्षीया रमिता खत्रीको बालविवाह रोकेका हुन् । रमिताको असहमतिमा उनको परिवारबाट जिल्लाकै लाम्पानटार गाविसका २५ वर्षीय युवासँग महाशिवरात्रीको दिन सोमबार राति विवाहको टुंगो गरिएको थियो ।
रमिताको परिवारबाट जबरजस्ती विवाह हुँदै गरेको थाहा पाएपछि सोमबार दिउँसो रमिताको घरमा पुगेका बाल क्लबका बालबालिकाले तत्काल विवाहका सबै कार्य नरोके कानुनी न्यायका लागि प्रहरीलाई खबर गर्ने दबाब दिएर सम्झाई बुझाई गरेपछि विवाहका केही घन्टाअघि मात्र विवाह रोकिएको हो ।
कानुनले बन्देज गरेको बालविवाहलाई परिवारले जबरजस्ती गराउन लागेको चालपाएपछि गाउँभरिका बालबालिका गएर केही घन्टाअघि मात्र रोक्न सफल भएको क्लबकी अध्यक्ष शोभा लुइँटेलले बताइन् ।
उनले भनिन्, ‘बालिका खत्रीको मञ्जुरीबिना नै उनका बुबा तिलकबहादुर खत्री र आमा बुधमायाँले विवाह गर्न लागेको चालपाएपछि गाउँका सबै बालबालिका उनको घरमै गएर केटाका आफन्तसमेत राखेर दबाब दिएपछि रोकिएको हो ।' बालबालिकाको दबाबपछि दुवै पक्ष रमिताको विवाह रोक्न सहमत भएका थिए ।
रमिता फिक्कल उमावि सोल्पामा कक्षा ६ मा अध्ययन गर्दै थिइन् । उनलाई लाम्पानटारबाट एक युवक आफन्तसहित आएर विवाह गर्न परिवारसँग कुराकानी गरेपछि तिलक र बुधमायाँले छोरी रमिताको यही महाशिवरात्रीको अवसर पारेर सोमबार विवाह गरिदिने निर्णय गरेका थिए । रमितासँग विवाहको तयारी गरिएको युवकको बारेमा भने केही खुलाइएको छैन ।
रमिताले आफूले छोरी भएकै कारण ढिला गरी पढ्ने अवसर पाएको र कम्तीमा एसएलसी नदिएसम्म विवाह नगर्ने अडान लिए पनि परिवारले विवाहका लागि सबै तयारी पूरा गरेपछि बाल क्लबलाई खबर गरेकी थिइन् ।
रमिताको काकाको सहयोगमा बाल क्लबले बाल विवाह गर्नु गैरकानुनी कार्य भएकाले जबरजस्ती गरे केटा र केटी दुवै परिवारविरुद्ध उजुरी गर्ने दबाब दिएको थियो । यसपछि दुवै परिवारले रमिताको उमेर नपुगेसम्म विवाह नगर्ने भन्दै विवाह स्थगित गरिएको स्थानीय तथा वडा नागरिक मञ्चकी सदस्य पार्वती नेपालीले बताइन् ।
‘बालबालिकाको सकारात्मक कदमका कारण इच्छाविपरीत बालविवाह हुनबाट रोक्न सफल भएका छन् । उनीहरूको कदमबाट बालविवाह हुनबाट जोगिएकी रमिता पनि निक्कै खुसी भएकी छन्,' नेपालीले भनिन् ।
रमिताका बुबा तिलकबहादुरले भने, ‘मेरो पनि आँखा खुलिसकेको रहेनछ । बालिकाले सम्झाएपछि मेरो पनि चेत खुल्यो अब छोरीको इच्छाविपरीत कुनै निर्णय गर्दिन् । छोरीले पढ्ने चाहाना गरेसम्म पढाउँछु ।'
बीस वर्ष कम उमेरमै बालिकाको मञ्जुरीबिना विवाह गर्न नपाइने कानुनी प्रावधान छ । विवाहका लागि कम्तिमा पनि केटीको बीस वर्ष र केटाको २२ वर्ष उमेर पुग्नु पर्ने कानुनी व्यवस्था छ ।

Comments

Popular posts from this blog

जान्नुहोस् रमाइलो वर्णन - श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा ...

बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजार...

युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

ओहाइयो, ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले ल...