Skip to main content

Posts

Showing posts from November, 2016

यसरी नवलपरासीमा सात गाउँ पालिका र चार नगरपालिका बनाउन सकिन्छ

जनसंख्याको आधार दिएर गाउँ पालिका, नगरपालिका तथा बिशेष क्षेत्र,संरक्षित क्षेत्र वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले जिल्लामा स्थानीय तह पुर्नसंरचना प्राबिधिक सहयोग समितिलाई काम गर्न पठायो । ५८ गाविस र सात नगरपालिका भएको नवलपरासीमा ११ स्थानीय निकाय निर्माण गर्ने आधार पहिल्याउन जटिल बन्दै छ । राजनैतिक दलहरु आफ्नै स्वार्थमा गाविस गाभ्ने , नगरपालिका जोगाउने हकमा लागेका छन् । एक हिसावले थोरै मात्रै गाउँ पालिका र नगरपालिका हुदा पनि नवलपरासीमा सात वटा गाउँ पालिका र चार वटा नगरपालिका बनाउन सकिन्छ । गाउँ पालिका र नगरपालिका चयनका लागि मापदण्ड तोकेर पठाएपछि नवलपरासीमा नयाँ नगरपालिका र गाउँ पालिका निर्माणमा प्राबिधिक समिति जुटेको छ । जिल्लाको कावासोती र परासीमा साउनको १६ र १७ गते छलफल राखेको छ । छलफलमा सहयोग हुन सक्ने हिसावले पंक्तिकारको विचार सात गाउँ पालिका र चार नगरपालिकाको अवधारणमा जादा राम्रै हुन्छ भन्ने छ । माओवादी केन्द्र , काँग्रेस र संघीय गठबन्धनले आयोगको काममा चिन्त बुझाएको अबस्था छैन यद्यपिमा जनसंख्याको मापदण्ड थपघट होला अन्त्यमा फागुन– चैतमा हुने स्थानीय निकायको संरच...

सुगम जिल्लाको बिजोग सडक

नवलपरासी जिल्ला सुगम भनेर चिनिए पनि सो जिल्लाका पहाडी भेगमा रहेका १७ गाविस दुर्गम नै रहेका छन् । भौगोलिक रूपमा सुन्दर र खेतीयोग्य जमिन भए पनि भरपर्दो सडक सुविधा नहुँदा यहाँका बासिन्दाले उत्तिकै सास्ती खेप्नुपरेको छ । दलदलेदेखि बुलिङटार र डेढगाउँको सडकमा गाडी गुड्न थालेको दुई दशक भए पनि सडकको अवस्था नाजुक छ । सडकको स्तरोन्नति हुन नसके पनि बनेका सडकका पूर्वाधार पनि क्रमशः तहसनहस हुँदै गएको छ । सडकको मर्मतसम्भार हुन नसक्दा र बर्सेनि आउने बाढी र पहिरोले सडक जोखिमपूर्ण बन्दै गएको छ । बुलिङटार, डाँडाझेरी, अर्खला, कोटथर, जौबारी, धौवादी, नरम, भारतीपुर, मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ, भारतीपुर, राईकोटलगायत १७ गाविसका स्थानीयले प्रयोग गर्ने सडकको सुधार गर्न कुनै पनि निकायले चासो दिएको छैन । सो सडकमा दैनिक ५ सयदेखि एक हजार यात्रुले यात्रा गर्ने गरेको स्थानीयले बताए । जिल्लाका पहाडी भेगका जनताको यात्रा सहज बनाउन अमेरिकी नागरिक गेरी सेफदले २०४८÷०४९ मा दलदलेदेखि अर्खलासम्म कच्ची सडकको योजना अघि सारेका थिए । अर्खलासम्म २०५५÷०५६ मा पहिलोपटक गाडी पुग्दा जनता खुसी भएका थिए । अर्खलासम्म गाडी पुगेपछि बुलि...

कालिगण्डकी करिडोरको प्रगति २ प्रतिशतमात्रै

चीनको तिब्बतसम्मको सीमामा व्यापारिक सम्पर्क स्थापित गर्ने लक्ष्य लिएको कालीगण्डकी करिडोरको काम हालसम्म २.०९ प्रतिशत मात्र सम्पन्न भएको छ। वन क्षेत्र, नदी तट तथा धार्मिक तथा पर्यटकीय स्थलमा योजना कार्यान्वयन गर्नु निकै चुनौतीपूर्ण रहेको बताइको छ। यस आर्थिक वर्षमा भने करिडोरको काम तीब्र रुपमा अगाडि बढ्ने भएको छ। करिडोरलाई व्यापारिक मार्गको रुपमा समेत लिइएको छ। कुल २५ अर्ब ३० करोड लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको करिडोरको सडकमा आव ०७२/७३ सम्म ५३ करोड रुपैयाँ खर्च भएको हो। योजनाका प्रमुख गुरुप्रसाद अधिकारी भन्छन्, ‘आव ०७६/७७ मा पूरा गर्ने लक्ष्य राखिएकोमा हालसम्म २.०९ प्रतिशतमात्र आर्थिक प्रगति भएको छ। यस आवदेखि कामले तीब्रता पाउँछ।’ यो नेपाल सरकारकै प्राथमिकतामा रहेको योजना भएको उनले जानकारी दिए। फिडर रोडको रुपमा करिडोर निर्माण भइसकेको छ। ‘नाकाबन्दीका कारण गत आवमै तीव्रता पाउने करिडोरको निर्माणमा केही ढिलाइ हुन गयो,’ अधिकारीले भने। करिडोरको अधिकांश भाग नदी क्षेत्र तथा पर्यटकीय गन्तव्य स्थानमा पर्छन्। जसका कारण योजना सञ्चालनमा समस्या उत्पन्न हुने गर्छ। वनजंगल क्षेत्रमा रुख काट्न नहुने त...

७ गविसबाट ५० करोडको अदुवा निर्यात

जिल्लाका पहाडी १७ गाविसबाट यस वर्ष ५० करोडभन्दा बढीको अदुवा भारत निर्यात भएको छ । जिल्ला कृषि कार्यालयका अनुसार ४० वर्षयता सबैभन्दा बढी मूल्यमा अदुवा बिक्री भएको हो । भारत निर्यात हुने अदुवा विभिन्न औषधि बनाउन प्रयोग गरिन्छ । गत वर्ष सुठो धार्नीको २ सय ५० रहेकामा यस वर्ष ६ सयभन्दा बढीमा बिक्री भएको हो । यो किसानको जीविकोपार्जनको आधार भएको छ । यसबाट जिल्लाका पहाडी क्षेत्रका किसान घर व्यवहार चलाउने आम्दानीको राम्रो स्रोत बनेको छ । अदुवा कारोबारीले वषिर्क करोडौं कमाउने गरेका छन् । नवलपरासीमा खरिद गर्ने व्यापरीले भारतको गोरखपुरसम्म पुर्याएर १० गुणा बढी मूल्यमा बिक्री गर्छन् । अदुवा व्यापारमा भारतीयले पैसा लगानी गरेर नेपाली बिचौलियालाई काममा लगाउँछन् । पहाडी गाविस नरम, जौबारी, अर्खला, भारतीपुर, मिथुकरम, रुचारु, रकुवा, बुलिङटार, डाँडाझेरी, कोटथर, रतनपुर, हुप्सेकोट, धुरकोट, धौवादी, राकाचुलीलगायत गाविसमा अदुवा खेती हुने गरेको कृषि कार्यालयको तथ्यांक छ । ती गाविसमा सुन्तला खेती पनि उत्तिकै हुने गरेको छ । त्यहाँको १ हजार ३ सय हेक्टरमा अदुवा हुने गरेको कृषि कार्यालयले जनाएको छ । कार्यालयका अनुसार...

टेलिकमको टावर नहुदा नवलपरासीका पहाडी गाविसका सर्वसाधारण समस्यामा

नवलपरासीको पहाडी गाविस डेढगाउ,रकुवा ,नरम ,भारतिपुर,रुचा¨,मिथुकरम लगाएतका गाविसमा नेपाल टेलिकमको टावरले राम्रो संग काम नगर्दा त्यस क्ष्ँेत्रका बासीन्दा समस्यामा परेका छन । नेपाल टेलिकम तथा अन्य दुरसंचार प्रदायक संस्थाको सेवा पनि राम्रो संग संचानल नहुदा पहाडी गावीसका सर्वसाधारण सम्पर्क बिहिन बन्ने गरेका छन । सुचना तथा संचारमा बिश्वले ठुलो फडको मार्दा पनि नवलपरासीका पहाडी क्ष्ँेत्रका बासीन्दा भने सुचना जस्तो दैनिक जनजिवनमा अत्यावश्यक हुने सेवा बाट समेत बन्चित हुदै आई रहेका छन । डेढगाउ गाविस लगाएत त्यस क्षेत्रमा तनहुको रिसीमा रहेको टावरले काम गर्ने गरेको भए पनि त्यसले पनि राम्रो संग काम नगर्दा समस्या उत्पन्न भएको डेढगाउ गाविस ९ का पशुपति ओझाले बताउनुभयो । नवलपरासीको धौवादीमा रहेको स्काईको टावर डेढगाउ क्षेत्रतिर पनि राम्रो संग काम नगर्ने गरेको साथै डेढगाउमा एनसेलको टावर रहेपनि त्यसले पनि राम्रो संग काम नगर्ने हुदा धेरै समस्या भएको ओझाले बताउनु भयो । “अहिलेको आधुनिक युगमा पनि ,संचारको प्रकियामा यति धेरै पछाडि पर्नु परेको छ, यो निकै दुर्भाग्य हो ” ओझाले भन्नुभयो । नवलपरासीका पहाडी जिल्ला संगै...

यम ग्रहको सतहमुनि समुद्र

यम ग्रहको सतहमुनि समुद्र रहेको वैज्ञानिकले बताएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान न्यु होराइजनले दिएको डाटाको विश्लेषणबाट यम ग्रहको सतहमुनि समुद्र रहेको र त्यहाँको पानी हिउँ अवस्था रहेको नेचरमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । यम ग्रहको मुटुको रुपमा चिनिने रातो देखिने सहतको भित्र समुद्र रहेको वैज्ञानिकको भनाई छ ।  सतहमुनि रहेको पानि पग्लिँदै गरेको हिउँ जस्तो रहेको वैज्ञानिकले बताएका छन् । गएको वर्षको जुलाइमा यम ग्रहको अध्ययनका लागि गएको न्यु होराइजन अन्तरिक्ष यानले अहिले अध्ययन गरिरहेको छ । रातो देखिने यम ग्रहको सतहको भित्री भागमा समुद्र रहेको देखिए पनि यस सम्बन्धमा थप अनुसन्धानको खाँचो रहेको वैज्ञानिकको भनाई छ ।

सरकारले संविधान संशोधनको नाममा नवलपरासीको प्रदेश नं. ४ र ५ क्षेत्रलाई एकै स्थानमा गाभ्न लागेको भन्दै नवलपरासीका पहाडी क्षेत्रका रानैतिक दल र स्थानिय दुवा्रा विरोध प्रदसन

नवलपरासीका ४ न प्रदेशमा रहेका नवलपुर तथा पहाडी गा बि स हरु  साबिकमै कायम गर्न २०७३/०८/७ गते काठमान्डुतर्फ सर्वदलीय सर्वपक्षीय प्रतिनिधिमन्डल जादै। सरकारले संविधान सं...