बलिउड सुपरस्टार सलमान खान पर्दामा अनेक अवतारमा देखिए पनि वास्तविक जीवनमा उनी कानुनको फन्दामा परिरहेका छन् । १९९८ मा दुई संरक्षित हरिणको सिकार गरेको आरोपमा उनले मुद्दा खेपिरहेका छन् ।
यसै मुद्दामा आज जोधपुर मेजिस्ट्ेरटका अगाडि हाजिर भएर सलमानले आफू निर्दोष भएको र आफूलाई फँसाइएको जिकिर गरेका छन् । ‘हम साथ साथ है’ फिल्मको सुटिङको बेला तब्बु, सैफअलि खान र सोनाली बेन्द्रेसँग मिलेर सलमानले राति हरिणको शिकार गरेको आरोप छ ।
उनले अवैध हतियार राखेको र संरक्षित वन्यजन्तु शिकार गरेको भनेर मुद्दा चलिरहेको छ । उनलाई मुम्बईको सडकमा मादक पदार्थ सेवन गरेर गाडी चलाएर फुटपाथमा सुतेका व्यक्तिलाई किचेर मारेको विषयमा उनीमाथि अर्को मुद्दा थियो । यो मुद्दामा भने उनले सफाई पाएका छन् ।
समाचार दुनीया को भरपर्दो माध्यम
Comments
Post a Comment