Skip to main content

नर्स बन्न हिडेकी सन्नी लियोन कसरी पोनस्टार बनिन् ? (रोचक कथा)

गत वर्षजस्तै यो वर्ष पनि भारतमा गुगलमा खोजिने व्यक्तिको सूचीमा एक नम्बरमा परिन्, अभिनेत्री सन्नी लियोन । अहिले उनको भारतमा ठूलो ‘चार्म’ छ ।
भारतीय मूलकी क्यानेडियन अभिनेत्री हुन् उनी । भारतीयहरूले गत वर्ष पनि, यो वर्ष पनि गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए । त्यति मात्र होइन, शाहरुख खान, सलमान खानजस्ता बलिउडका हस्तीलाई पनि उनले पछाडि पारेकी थिइन् ।
गुगलमा जति खोजिए पनि सन्नीको प्रशंसाभन्दा आलोचना बढी सुनिन्छ । तर, अहिलेको कामका लागि होइन, विगतमा उनले अपनाएको पेसाका कारण । तर, उनी सानी छँदा पोर्न स्टार बन्छु भन्ने कल्पनासमेत गर्दिनथिइन् । ‘सानी छँदा मेरो चाहना अर्कै थियो । म नर्स अथवा डाक्टर बन्न चाहन्थेँ । पोर्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ,’ सन्नी भन्छिन्, ‘डाक्टर र नर्सले बिरामीको सेवा गरेको देख्दा मलाई पनि त्यसै गर्न मन लाग्थ्यो ।’
किशोरवयमै उनले क्यालिफोर्नियामा रहेको एउटा अस्पतालमा ‘भोलेन्टियर’ भएर काम गरिन् । ‘त्यहाँ काम गर्दा भित्रैदेखि आनन्द आएको थियो,’ उनी सम्झिन्छिन् । सन् २००२ मा उनको जीवनको मोड पूरै बदलियो । एक दिन एकजना साथीले सन्नीलाई भनिन्, ‘तिम्रो लुक यति राम्रो छ, ज्यान पनि खाइलाग्दो छ । तिमी मोडलिङ किन गर्दिनौ ?’ साथीको प्रस्तावबारे सन्नीले एकान्तमा सोचिन् ।
कुरो ठिकै होजस्तो लाग्यो । मोडलिङ गरेर नाम र दाम कमाउने लालसाले उनको मनमा डेरा जमायो । ती साथीले सन्नीलाई ‘ल्याड्स’ म्यागजिनका फेसन फोटोग्राफरसँग भेट गराइन् । ती फोटोग्राफरले सन्नीका अनेक पोजलाई तस्बिरमा उतारे । सन्नी मोडलिङमा डुब्दै गइन् । मोडलिङ हुँदै उनी पोर्नस्टारको दुनियाँमा प्रवेश गरिन् ।

Comments

Popular posts from this blog

जान्नुहोस् रमाइलो वर्णन - श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा ...

बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजार...

युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

ओहाइयो, ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले ल...