बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो
बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो।
काठमाडौंको हायात होटलमा भब्य कार्यक्रम गरी उसले बजाज डोमिनार मोटरसाइकलको औपचारिक विक्रीको घोषणा गर्न लागेको हो। युवा वर्गलाई लक्षित गरेर स्पोर्टि मोडलमा सो मोटरसाइकल बनाइएको छ।
मोटरसाइकलको इन्जिन क्षमता ३ सय ७३.२ सीसीको छ भने सिंगल सिलिण्डर, ट्रिपल स्र्पाक इन्जिन मोटरसाइकलमा रहेको कम्पनीले जनाएको छ।
यो मोटरसाइकलमा न्यूनतम हेड फेयरिंग रहेको छ, जसमा १२ भोल्टको हेडल्याम्प छ। ट्युवलेस टायर रहेको यस मोटरसाइकलको दुबै रिङमा डिस्क ब्रेक रहेको छ। मोटरसाइकलमा ६ गेयर छ भने पछाडि मोनो सक जडान गरिएको छ।
नेपालमा यो मोटरसाइकलको मूल्य चार लाख ७० हजार तोकिएको कम्पनीले जनाएको छ।
Comments
Post a Comment