Skip to main content

एउटै बोकाको डेढ लाख

एउटा सामान्य बोकाको मूल्य कति पर्ला भनेर सोध्यो भने सहजै उत्तर आउँछ । १० देखि बढीमा ३० हजार । तर, यहाँका एक किसानले पालेको एउटा बोकालाई ग्राहकले डेढ लाख दिँदा पनि बेचेका छैनन् ।
दुर्लुङ घर भई कुस्मामा व्यावसायिक बाख्रापालन गर्दै आएका अर्जुन गुरुङले पालेको २ वर्षको बोका १ सय ४० किलो तौलको छ । ‘बीउ पालेको हो । २ लाख दिए पनि बेच्दिनँ,’ कुस्मामा आयोजित महिला महोत्सवका प्रदर्शनीका लागि ल्याएका उनले भने, ‘यो जमुनापारिको क्रस हो ।’
आइतबारदेखि खजारी महोत्सवमा बोका हेर्नेहरूको भिड लाग्ने गरेको छ । ‘यति ठूलो बोका हुन्छ भन्ने आफैंले पनि सोचेको थिइनँ,’ उनले भने ।
बोका हेर्न भिड लागेकाहरूले फोटो खिच्दै सामाजिक सञ्जालमा पोस्ट पनि गरेका छन् । ‘मासुका लागि किलोमा तौलिँदा एक लाखको हाराहारीमा मूल्य पर्ला,’ गुरुङले भने, ‘यसबाट जन्मिने पाठाले लाखौं कमाउँछन् ।’
उन्नत जातका बाख्राको बीउ जिल्लाभर फैलाउने उद्देश्य रहेको उनले बताए । उन्नत जातका १५ वटा माउ बाख्रा पालेका उनले बाख्राबाटै वर्षमा १० लाखसम्म आम्दानी गरेको बताउँछन् । ‘राम्रो गर्न सके धेरै पाल्न नपर्ने रहेछ,’ उनले भने, ‘मैले ८० हजारभन्दा घटीमा अहिलेसम्म बोका बेचेकै छैन ।’
एउटा माउ बाख्रो ७० हजारदेखि एक लाखसम्ममा बिक्री गरेको उनले बताए । उनले भने, ‘१५ वटा बाख्रा पाल्न मासिक ५० हजार खर्च हुन्छ ।’ एउटा बोकालाई दैनिक ५ किलोसम्म अन्न खुवाउने गरेको उनले बताए । उनले भने, ‘यिनीहरूलाई आवश्यक सन्तुलित आहारा खुला छोड्छु, खान सक्नेजति आफैं खान्छन् ।’
प्रदर्शनीमा ल्याइएका करिब तीन दर्जन बाख्रा र बोकामध्ये गुरुङकै बोका उत्कृष्ट भएको पशु कार्यालयले जनाएको छ । कार्यालयका पशु चिकित्सक विमलप्रसाद शर्माका अनुसार सन्तुलित आहारा दिन सके जमुनापारी जातको बोकाको तौल २ सय किलोसम्म हुन्छ ।

Comments

Popular posts from this blog

जान्नुहोस् रमाइलो वर्णन - श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा ...

बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजार...

युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

ओहाइयो, ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले ल...