Skip to main content

एति मिठो स्वर कि धनी गाइका बिस्नु माझी किन बेखबर किन ?बोल्दैन महिला आयोग किन ? बोल्दैन मानवअधिकार कर्मी अनि किन ? बोल्दैनन् गितसङित कर्मी र संगीत संगठन हरु....

महिला अधिकारबादिहरू लाई किन बिष्णु माझी लाई दासत्वको जिबन देखि निकाल्ने कोशिस गरिदैनन् ?

स्याङ्जा चापाकोट नगरपालिका रत्नपुर दामाचौर नजिकै माडी मा जन्मनु भएकी लोक दोहोरी क्षेत्रमा एउटा नमुनाका रूपमा उदय भएकी अत्यन्तै मिठो स्वरकी धनी बिष्णु माझी को बारेमा अहिले अनेकौं प्रसङ्ग हरु जोडिएको देखिन्छ । प्रसङ्ग बिष्णु माझी को उनी पनि एउटा रास्ट्रकै सम्पत्ति हुन तर किन बेवस्था गरियो …???? किन उनको बारेमा धेरै जना जानकार भएर नि कुनै कुरा बाहिर ल्याउने कोसिस गरिएन।यहाँ यस्तै छ ,जो दु:खी पीडित छ उसको कुनै खबर बन्दैन।यहाँ समाचार बन्छ त केबल को नागियो,कस्ले बच्चा जन्मायो जस्तो खबर लाई मात्रै १०० टाइटलमा न्युज कबर गरिन्छ । उनलाई न कुनै सभा समारो न कुनै अरु जसरी वैदेशिक कार्यक्रममा जो देख्न पाएका छन ।बस् यति थाहा छ उनको गित रहेछ भन्ने मात्रै सबै जना जानाकार छन। उनी बिबाहित हुन् कि अविवाहित …..??
बिहे नै भएको छैन के को श्रीमान हुनु के को परिवार हुनु उसको परिवार मा त बुढा बाबू बुढि आमा स्कुल पढ्दै गरेको भाइ छ एउटा बहिनी को मेरो साथी संग बिहे गरेकी छन् । बिडम्बना यो छ कि अझैसम्म पनि उसको घरपरिवार को आर्थिक समस्या उस्तै छ । आज भन्दा पाँच बर्ष पहिले वालिङ् देखि गाउँ सम्म को मेरो यात्रा उनको बहिनि जीवन माझी र दिदि गायिका बिष्णु माझी संगै एउटै महेन्द्र जिप मा बसेर यात्रा गरिरहेका थियौं । उस्ले लगाएको कुर्ता सुरवाल र खुट्टाका ती चप्पल हेर्दा यस्तो लाग्थ्यो कि भर्खरै उनी घर बनाउने इट्टा बोक्ने मजदुर गरेर आएकी हुन् । त्यसपछि यता म पनि वैदेशिक रोजगार को शिलशिलामा प्रदेश लागे बिहे भएको छैन तर श्रम शोषण भएको छ । र शारीरिक शोषण पनि भएको हुनुपर्छ !!! उनी को बाट कसरी शोषित छन भन्ने बारेको लेख म छिटो बाहिर ल्याउने छु र कहाँ गए महिला संघसंगठनका …????
कहाँ गए महिला अधिकारबादिहरू ??? कहाँ छन् माइती नेपाल ??? कहाँ छन् उनका घर पक्ष ??? कहाँ छन् उनका ती गाउले दाजुभाइ दिदिबहिनी ??? कहाँ छन् ती महिला हक हित को लागि ठुला ठुला आवाज उठाउने महिला नेतृत्वदायी बुद्धिजीवी हरु ??? किन बिष्णु माझी लाई दासत्वको जिबन देखि निकाल्ने कोशिस गरिदैन ??? हजुरले गाएका गीत सुन्दा त मनमा धेरै खुसी लाग्छ तर हजुर नजरबन्धी मा रहेको भनेर सुन्दा रुन मन लाग्छ तर एक दिन हजुरको मुक्ति को लागी अबस्य आवाज उठने छ र मलाई कहिँ बाट साथ पाएमा म पनि आवाज उठाइरहने छु ! यही म भगवान संग प्रर्थना गर्दछु !!! धन्यवाद झुठो आश्वासन दिएर जनता लठ्थ्याउने वर पाएका हरुलाइ !!!

Comments

Popular posts from this blog

जान्नुहोस् रमाइलो वर्णन - श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा ...

बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजार...

युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

ओहाइयो, ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले ल...