जनसंख्याको आधार दिएर गाउँ पालिका, नगरपालिका तथा बिशेष क्षेत्र,संरक्षित क्षेत्र वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले जिल्लामा स्थानीय तह पुर्नसंरचना प्राबिधिक सहयोग समितिलाई काम गर्न पठायो ।
५८ गाविस र सात नगरपालिका भएको नवलपरासीमा ११ स्थानीय निकाय निर्माण गर्ने आधार पहिल्याउन जटिल बन्दै छ । राजनैतिक दलहरु आफ्नै स्वार्थमा गाविस गाभ्ने , नगरपालिका जोगाउने हकमा लागेका छन् । एक हिसावले थोरै मात्रै गाउँ पालिका र नगरपालिका हुदा पनि नवलपरासीमा सात वटा गाउँ पालिका र चार वटा नगरपालिका बनाउन सकिन्छ ।
गाउँ पालिका र नगरपालिका चयनका लागि मापदण्ड तोकेर पठाएपछि नवलपरासीमा नयाँ नगरपालिका र गाउँ पालिका निर्माणमा प्राबिधिक समिति जुटेको छ । जिल्लाको कावासोती र परासीमा साउनको १६ र १७ गते छलफल राखेको छ । छलफलमा सहयोग हुन सक्ने हिसावले पंक्तिकारको विचार सात गाउँ पालिका र चार नगरपालिकाको अवधारणमा जादा राम्रै हुन्छ भन्ने छ ।
माओवादी केन्द्र , काँग्रेस र संघीय गठबन्धनले आयोगको काममा चिन्त बुझाएको अबस्था छैन यद्यपिमा जनसंख्याको मापदण्ड थपघट होला अन्त्यमा फागुन– चैतमा हुने स्थानीय निकायको संरचना यहि सेरोफेरोमा हुने नै छ ।
आयोगको काम संगै गाउँ /नगरमा रहेका दलका अगुवाहरु नगरपालिका र गाउँ पालिकाको लागि समायोजन हुन सक्ने गाविस/नगरको संख्या केलाउन सक्रिय छन् आयोगले स्थानीय तह पुनसंरचना प्राबिधिक सहयोग समितिलाई साउन मसान्त सम्ममा जिल्लाको गाउँ पालिका र नगरपालिकाको सिमाना र संख्याको लागि सुझाव पठाउन भनेको छ । नवलपरासी जिल्लामा आयोगले तोके अनुसार ११ वटा स्थानीय तह हुन्छन् ।
गैंडाकोट, कावासोती, रामग्राम , प्रतापुर नगरपालिका र मध्यबिन्दु बर्दघाट, सुनवल, त्रिबेणीसुस्ता, जमुनिया, बुलिङटार र डेढगाउँलाई आधार मानेर गाउँ पालिका
जनसंख्याको आधारमा सदरमुकाम परासीमा ९५ हजार जनसंख्याको नगरपालिका , भित्री मधेशको समथर भू भाग र तराईमा ७५ हजार जनसंख्या हुने नगरपालिका बन्ने भएपछि अहिलेका नगरपालिकामा यो मापदण्ड पुर्याउन दलहरु जुटेका हुन् । भित्री मधेशको पहाडमा २५ हजार जनसंख्या गाउँ पालिकाको लागि तोकिएको छ । भने तराई÷मधेश क्षेत्रमा ५० हजार जनसंख्या तोकिएको छ ।
१७ पहाडी गाविसहरु रहेको यो जिल्लामा गाउँ पालिकाको संख्या बनाउदा एउटा मात्र बन्ने अबस्था छ त्यसलाई केही खुकुलो बनाउनु पर्ने अबस्था छ । पहाडको क्षेत्रफल ठुलो छ जनसंख्या छैन एउटा गाविसमा दुई हजार एक सय देखि चार हजार सम्म मात्र जनसंख्या छ त्यसरी झण्डै ९ गाविस मिलाउदा एक गाउँ पालिका बन्ने अबस्था छ पहाडमा २० हजार जनसंख्याको न्युनतम मापदण्ड भए नवलपरासीको पहाडमा दुई वटा गाउँ पालिका पहाडमा बन्न सक्छ’ । अहिलेको मापदण्डमा एउटामा धेरै जनसंख्या हुने एउटा कम जनसंख्या नपुग्ने अबस्था छ ।
क्षेत्र नं. १ को पहाड कोटथर डाँडाँझेरी, बुलिङटार, अर्खला , क्षेत्र नं. २ को भारतीपुर, जौवारीको जनसंख्या २० हजार छ सय ३७ हुन्छ त्यसमा धौवादी मिलाउदा यहाँको जनसंख्या २६ हजार छ सय २२ को हुन्छ ।
यो एउटा गाउँ पालिकाको लागि जनसंख्याको हिसावले पुग्छ । बाँकी रहेको मिथुकरम, नरम, रुचाङ्ग, रकुवा र डेढगाउँ गाविसको लागि १४ हजार दुई १९ मात्र जनसंख्या हुन आउछ छुट्टै गाउँ पालिका बनाउदा जनसंख्या नपुग्ने , एउटामा बनाउदा ठुलो भुगोल हुने समस्या आउछ । त्यसैले जनसंख्यालाई मात्रै आधार नमानेर भुगोल पनि आधार मान्दा पहाडमा दुई वटा गाउँ पालिका उपयुक्त हुन्छ ।
अहिले रहेका गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, बर्दघाट, सुनवल र रामग्राम नगरपालिकालाई नगरपालिका कायम गर्दा गैंडाकोट देखि दिब्यपुरी सम्मको क्षेत्र गैंडाकोट नगरपालिकामा राख्न सकिन्छ ।
वि.स.२०६८ सालको जनगणना अनुसार गैंडाकोट नगरपालिको जनसंख्या ५५ हजार दुई सय पाँच छ । रजहर गाविसको ११ हजार एक सय १९ , दिब्यपुरी गाविसको १० हजार ५० र रतनपुर गाविसको जनसंख्या गैंडाकोटमा मिलाउदा ८० हजार १९ हुन आउछ । यस्तो अबस्था हुन सक्दा गैंडाकोटलाई नगरपालिकाकै हैसियतमा राख्न सकिन्छ ।
देवचुली नगरपालिकाको साविक प्रगतिनगर र देवचुली गाविसको जनसंख्या २१ हजार चार सय २५ रहेको छ । देवचुली नगरपालिकामा रहेको ३१ हजार चार सय ८४ जनसंख्यामा दिब्यपुरीको १० हजार ५९ जनसंख्या मात्रै गैंडाकोटमा मिल्दा पनि गैंडाकोटलाई नगरपालिका बनाउन पुग्छ सिङ्गै देवचुली नगरपालिका , रजहर गाविस र रतनपुर गाविस मिलाउदा गैंडाकोट निर्वाचन क्षेत्र नं. १ को सम्पुर्ण भित्री मधेशको क्षेत्रफल एक नगरपालिका हुन्छ ।
कावासोती नगरपालिकाको जनसंख्या ५६ हजार सात सय ८८ रहेको छ । देउराली गाविसको १५ हजार तीन सय ९९ , कुमारवर्ती गाविसको पाँच हजार छ सय ३३ समावेश गर्दा ७७ हजार आठ सय २० जनसंख्या हुन आउछ । यसरी कावासोतीलाई नगरपालिका बनाउन सकिन्छ ।
त्यो बाहेक दिब्यपुरी मात्रै गैंडाकोटमा मिसिए साविक देवचुली र प्रगतिनगर गाविसको २१ हजार चार सय २५ जनसंख्या मिल्दा पनि कावासोतीलाई नगरपालिका बनाउन मिल्छ । अझ यी सबै मिलाउदा ९९ हजार दुई सय ४५ जनसंख्या हुन्छ । यसरी बनाएको नगरपालिका सदरमुकामको नगरपालिकाकै जनसंख्या देखिन्छ । कावासोतीले नवलपुर क्षेत्रको सदरमुकामको रुपमा आफूलाई दावी गर्दै आउदा यी वरपरका सबै क्षेत्रलाई समेटेर लैजान आबश्यक छ ।
मध्यबिन्दु नगरपालिका २८ हजार दुई सय २४ जनसंख्याको आधारमा बनेको नगरपालिका हो । गाउँ पालिका बनाउन समेत ५० हजार जनसंख्या चाहिन्छ त्यस्तो अबस्थामा नयाँ बेलहानी, प्रसौनी, मैनाघाट, हुप्सेकोट, राकाचुली मिलाएर एउटा गाउँ पालिका बनाउन सकिन्छ । जसको जनसंख्या ५९ हजार एक सय २३ हुन्छ । यो भन्दा धेरै गाविस समेट्दा भुगोल ठुलो आकारको हुन्छ ।
सदरमुकाम परासीमा रहेको रामग्राम नगरपालिकाको २५ हजार नौ सय ९० अमरौठ, बन्जरिया सुक्रौली, हकुई, गाविस मिलाउदा झण्डै ६० हजार जनसंख्या हुन्छ । यसरी मिलाउदा सदरमुकाममा ९५ हजार जनसंख्या नगरपालिका बनाउन चाहिन्छ तर त्यसका लागि जनसंख्या पुर्याउन स्वाँठीको दक्षिण क्षेत्र रामग्राम नगरपालिकामा समावेश गर्नुपर्छ ।
सुनवललाई ५० हजार जनसंख्या स्वाँठीको आधा भुगोल रामग्राममा मिलाउदा पनि पुग्छ । जनसंख्या थपका लागि मनरी, तिलकपुर, सनही, कुश्मा र देवगाउँ रामग्राममा मिल्दा ९५ हजार दुई सय ९२ जनसंख्या हुन्छ । यो नगरपालिका बनाउन ९५ हजार जनसंख्या चाहिन्छ त्यसका लागि यो उत्तम छ ।
तर सुनवल नगरपालिकाको ३९ हजार आठ सय ४३ जनसंख्या र रामनगर गाविसको १५ हजार छ सय छ जनसंख्या मिलाउदा सुनवल गाउँ पालिकाकै रुपमा राख्न सकिन्छ । यसो गर्दा रामग्राम नगरपालिका र सुनवल गाउँ पालिकाको रुपमा राख्न सकिन्छ ।
बर्दघाट नगरपालिकाको जनसंख्या ३४ हजार चार सय १७ रहेको छ । यसको आधारमा दाउन्नेदेवी, जहदा , गाविसको जनसंख्या जोड्दा ५६ हजार चार सय १२ आउछ । बर्दघाट गाउँ पालिका बन्छ । बाँकी रहेका जमुनिया सरावल, वडहरा दुबौलिया, हरपुर , गेरमी , पाल्ही र मिलाएर गाउँ पालिका बनाउन सकिन्छ ।
त्रिबेणीसुस्ता, रुपौलिया र कुडियाको केही वर्डा अनी दुम्किबास, बेणीमनीपुर र धुर्कोटको पूर्वको भाग मिलाएर एउटा गाउँ पालिका बनाउन सकिन्छ । देख्दा भौगोलिक रुपमा नमिलेको जस्तो देखिन्छ । जंगल र पहाड भएकाले तर यो क्षेत्र प्रदेश नं. ४मा परेकाले प्रदेशको सिमांकनलाई समेत ख्याल गरेर बनाउदा यो सुन्दर गाउँ पालिका बन्छ ।
दुम्किबास, बेणीमनीपुर र धुर्कोटको जनसंख्या २५ हजारको हाराहारीमा छ । त्यसमा यो त्रिबेणी, रुपौलिया र कुडियाको केही भाग मिसाउदा ५० हजार जनसंख्या पुग्छ । यो झण्ट हेर्दा नसुहाउने जस्तो देखिने गर्छ तर ब्यबहारिक रुपमा यो गाउँ पालिका राम्रो मानिन्छ । त्रिबेणी देखि दुम्किबास आउने सडको स्तरउन्नित हुदा यो ठाउँ खास भुगोलको हिसाले टाढा पनि हुदैन ।
नर्सही, पक्लिहवा, गुठीप्रसौनी, प्रतापपुर,बेदौली, ठुलौ खैरटहवा,गुठीसुर्यपुरा, सोमनी, भुजहवा, रामपुर खडौना, रमपुरवा गाविस मिल्दा ७० हजार सात सय २५ जनसंख्या हुन्छ । कुडियाको बाँकी भाग अर्थात पाँच हजार जनसंख्या मिलाउदा नगरपालिका बनाउने जनसंख्या पुग्छ । ७५ हजार भन्दा माथि जनसंख्या यहाँ हुन्छ ।
कति पय गाविसलाई भौगालिक हिसावले मिलाउनुपर्ने जनसंख्याको सन्तुलनलाई ख्याल गर्नुपर्ने बिषयहरु छन् । यद्यपि नयाँ संरचनामा जाँदा सबैको चिन्त बुझ्ने हुदैन तर पनि सबैको भावना समेट्नु आजको आबश्यकता हो भन्ने कुरा सबैले मनन गर्नुपर्छ ।
Comments
Post a Comment