Skip to main content

यसरी नवलपरासीमा सात गाउँ पालिका र चार नगरपालिका बनाउन सकिन्छ

जनसंख्याको आधार दिएर गाउँ पालिका, नगरपालिका तथा बिशेष क्षेत्र,संरक्षित क्षेत्र वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले जिल्लामा स्थानीय तह पुर्नसंरचना प्राबिधिक सहयोग समितिलाई काम गर्न पठायो ।

५८ गाविस र सात नगरपालिका भएको नवलपरासीमा ११ स्थानीय निकाय निर्माण गर्ने आधार पहिल्याउन जटिल बन्दै छ । राजनैतिक दलहरु आफ्नै स्वार्थमा गाविस गाभ्ने , नगरपालिका जोगाउने हकमा लागेका छन् । एक हिसावले थोरै मात्रै गाउँ पालिका र नगरपालिका हुदा पनि नवलपरासीमा सात वटा गाउँ पालिका र चार वटा नगरपालिका बनाउन सकिन्छ ।
गाउँ पालिका र नगरपालिका चयनका लागि मापदण्ड तोकेर पठाएपछि नवलपरासीमा नयाँ नगरपालिका र गाउँ पालिका निर्माणमा प्राबिधिक समिति जुटेको छ । जिल्लाको कावासोती र परासीमा साउनको १६ र १७ गते छलफल राखेको छ । छलफलमा सहयोग हुन सक्ने हिसावले पंक्तिकारको विचार सात गाउँ पालिका र चार नगरपालिकाको अवधारणमा जादा राम्रै हुन्छ भन्ने छ ।
माओवादी केन्द्र , काँग्रेस र संघीय गठबन्धनले आयोगको काममा चिन्त बुझाएको अबस्था छैन यद्यपिमा जनसंख्याको मापदण्ड थपघट होला अन्त्यमा फागुन– चैतमा हुने स्थानीय निकायको संरचना यहि सेरोफेरोमा हुने नै छ ।
आयोगको काम संगै गाउँ /नगरमा रहेका दलका अगुवाहरु नगरपालिका र गाउँ पालिकाको लागि समायोजन हुन सक्ने गाविस/नगरको संख्या केलाउन सक्रिय छन् आयोगले स्थानीय तह पुनसंरचना प्राबिधिक सहयोग समितिलाई साउन मसान्त सम्ममा जिल्लाको गाउँ पालिका र नगरपालिकाको सिमाना र संख्याको लागि सुझाव पठाउन भनेको छ । नवलपरासी जिल्लामा आयोगले तोके अनुसार ११ वटा स्थानीय तह हुन्छन् ।

गैंडाकोट, कावासोती, रामग्राम , प्रतापुर नगरपालिका र मध्यबिन्दु बर्दघाट, सुनवल, त्रिबेणीसुस्ता, जमुनिया, बुलिङटार र डेढगाउँलाई आधार मानेर गाउँ पालिका

जनसंख्याको आधारमा सदरमुकाम परासीमा ९५ हजार जनसंख्याको नगरपालिका , भित्री मधेशको समथर भू भाग र तराईमा ७५ हजार जनसंख्या हुने नगरपालिका बन्ने भएपछि अहिलेका नगरपालिकामा यो मापदण्ड पुर्याउन दलहरु जुटेका हुन् । भित्री मधेशको पहाडमा २५ हजार जनसंख्या गाउँ पालिकाको लागि तोकिएको छ । भने तराई÷मधेश क्षेत्रमा ५० हजार जनसंख्या तोकिएको छ ।
१७ पहाडी गाविसहरु रहेको यो जिल्लामा गाउँ पालिकाको संख्या बनाउदा एउटा मात्र बन्ने अबस्था छ त्यसलाई केही खुकुलो बनाउनु पर्ने अबस्था छ । पहाडको क्षेत्रफल ठुलो छ जनसंख्या छैन एउटा गाविसमा दुई हजार एक सय देखि चार हजार सम्म मात्र जनसंख्या छ त्यसरी झण्डै ९ गाविस मिलाउदा एक गाउँ पालिका बन्ने अबस्था छ पहाडमा २० हजार जनसंख्याको न्युनतम मापदण्ड भए नवलपरासीको पहाडमा दुई वटा गाउँ पालिका पहाडमा बन्न सक्छ’ । अहिलेको मापदण्डमा एउटामा धेरै जनसंख्या हुने एउटा कम जनसंख्या नपुग्ने अबस्था छ ।
क्षेत्र नं. १ को पहाड कोटथर डाँडाँझेरी, बुलिङटार, अर्खला , क्षेत्र नं. २ को भारतीपुर, जौवारीको जनसंख्या २० हजार छ सय ३७ हुन्छ त्यसमा धौवादी मिलाउदा यहाँको जनसंख्या २६ हजार छ सय २२ को हुन्छ ।
यो एउटा गाउँ पालिकाको लागि जनसंख्याको हिसावले पुग्छ । बाँकी रहेको मिथुकरम, नरम, रुचाङ्ग, रकुवा र डेढगाउँ गाविसको लागि १४ हजार दुई १९ मात्र जनसंख्या हुन आउछ छुट्टै गाउँ पालिका बनाउदा जनसंख्या नपुग्ने , एउटामा बनाउदा ठुलो भुगोल हुने समस्या आउछ । त्यसैले जनसंख्यालाई मात्रै आधार नमानेर भुगोल पनि आधार मान्दा पहाडमा दुई वटा गाउँ पालिका उपयुक्त हुन्छ ।
अहिले रहेका गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, बर्दघाट, सुनवल र रामग्राम नगरपालिकालाई नगरपालिका कायम गर्दा गैंडाकोट देखि दिब्यपुरी सम्मको क्षेत्र गैंडाकोट नगरपालिकामा राख्न सकिन्छ ।
वि.स.२०६८ सालको जनगणना अनुसार गैंडाकोट नगरपालिको जनसंख्या ५५ हजार दुई सय पाँच छ । रजहर गाविसको ११ हजार एक सय १९ , दिब्यपुरी गाविसको १० हजार ५० र रतनपुर गाविसको जनसंख्या गैंडाकोटमा मिलाउदा ८० हजार १९ हुन आउछ । यस्तो अबस्था हुन सक्दा गैंडाकोटलाई नगरपालिकाकै हैसियतमा राख्न सकिन्छ ।
देवचुली नगरपालिकाको साविक प्रगतिनगर र देवचुली गाविसको जनसंख्या २१ हजार चार सय २५ रहेको छ । देवचुली नगरपालिकामा रहेको ३१ हजार चार सय ८४ जनसंख्यामा दिब्यपुरीको १० हजार ५९ जनसंख्या मात्रै गैंडाकोटमा मिल्दा पनि गैंडाकोटलाई नगरपालिका बनाउन पुग्छ सिङ्गै देवचुली नगरपालिका , रजहर गाविस र रतनपुर गाविस मिलाउदा गैंडाकोट निर्वाचन क्षेत्र नं. १ को सम्पुर्ण भित्री मधेशको क्षेत्रफल एक नगरपालिका हुन्छ ।
कावासोती नगरपालिकाको जनसंख्या ५६ हजार सात सय ८८ रहेको छ । देउराली गाविसको १५ हजार तीन सय ९९ , कुमारवर्ती गाविसको पाँच हजार छ सय ३३ समावेश गर्दा ७७ हजार आठ सय २० जनसंख्या हुन आउछ । यसरी कावासोतीलाई नगरपालिका बनाउन सकिन्छ ।
त्यो बाहेक दिब्यपुरी मात्रै गैंडाकोटमा मिसिए साविक देवचुली र प्रगतिनगर गाविसको २१ हजार चार सय २५ जनसंख्या मिल्दा पनि कावासोतीलाई नगरपालिका बनाउन मिल्छ । अझ यी सबै मिलाउदा ९९ हजार दुई सय ४५ जनसंख्या हुन्छ । यसरी बनाएको नगरपालिका सदरमुकामको नगरपालिकाकै जनसंख्या देखिन्छ । कावासोतीले नवलपुर क्षेत्रको सदरमुकामको रुपमा आफूलाई दावी गर्दै आउदा यी वरपरका सबै क्षेत्रलाई समेटेर लैजान आबश्यक छ ।
मध्यबिन्दु नगरपालिका २८ हजार दुई सय २४ जनसंख्याको आधारमा बनेको नगरपालिका हो । गाउँ पालिका बनाउन समेत ५० हजार जनसंख्या चाहिन्छ त्यस्तो अबस्थामा नयाँ बेलहानी, प्रसौनी, मैनाघाट, हुप्सेकोट, राकाचुली मिलाएर एउटा गाउँ पालिका बनाउन सकिन्छ । जसको जनसंख्या ५९ हजार एक सय २३ हुन्छ । यो भन्दा धेरै गाविस समेट्दा भुगोल ठुलो आकारको हुन्छ ।
सदरमुकाम परासीमा रहेको रामग्राम नगरपालिकाको २५ हजार नौ सय ९० अमरौठ, बन्जरिया सुक्रौली, हकुई, गाविस मिलाउदा झण्डै ६० हजार जनसंख्या हुन्छ । यसरी मिलाउदा सदरमुकाममा ९५ हजार जनसंख्या नगरपालिका बनाउन चाहिन्छ तर त्यसका लागि जनसंख्या पुर्याउन स्वाँठीको दक्षिण क्षेत्र रामग्राम नगरपालिकामा समावेश गर्नुपर्छ ।
सुनवललाई ५० हजार जनसंख्या स्वाँठीको आधा भुगोल रामग्राममा मिलाउदा पनि पुग्छ । जनसंख्या थपका लागि मनरी, तिलकपुर, सनही, कुश्मा र देवगाउँ रामग्राममा मिल्दा ९५ हजार दुई सय ९२ जनसंख्या हुन्छ । यो नगरपालिका बनाउन ९५ हजार जनसंख्या चाहिन्छ त्यसका लागि यो उत्तम छ ।
तर सुनवल नगरपालिकाको ३९ हजार आठ सय ४३ जनसंख्या र रामनगर गाविसको १५ हजार छ सय छ जनसंख्या मिलाउदा सुनवल गाउँ पालिकाकै रुपमा राख्न सकिन्छ । यसो गर्दा रामग्राम नगरपालिका र सुनवल गाउँ पालिकाको रुपमा राख्न सकिन्छ ।
बर्दघाट नगरपालिकाको जनसंख्या ३४ हजार चार सय १७ रहेको छ । यसको आधारमा दाउन्नेदेवी, जहदा , गाविसको जनसंख्या जोड्दा ५६ हजार चार सय १२ आउछ । बर्दघाट गाउँ पालिका बन्छ । बाँकी रहेका जमुनिया सरावल, वडहरा दुबौलिया, हरपुर , गेरमी , पाल्ही र मिलाएर गाउँ पालिका बनाउन सकिन्छ ।
त्रिबेणीसुस्ता, रुपौलिया र कुडियाको केही वर्डा अनी दुम्किबास, बेणीमनीपुर र धुर्कोटको पूर्वको भाग मिलाएर एउटा गाउँ पालिका बनाउन सकिन्छ । देख्दा भौगोलिक रुपमा नमिलेको जस्तो देखिन्छ । जंगल र पहाड भएकाले तर यो क्षेत्र प्रदेश नं. ४मा परेकाले प्रदेशको सिमांकनलाई समेत ख्याल गरेर बनाउदा यो सुन्दर गाउँ पालिका बन्छ ।
दुम्किबास, बेणीमनीपुर र धुर्कोटको जनसंख्या २५ हजारको हाराहारीमा छ । त्यसमा यो त्रिबेणी, रुपौलिया र कुडियाको केही भाग मिसाउदा ५० हजार जनसंख्या पुग्छ । यो झण्ट हेर्दा नसुहाउने जस्तो देखिने गर्छ तर ब्यबहारिक रुपमा यो गाउँ पालिका राम्रो मानिन्छ । त्रिबेणी देखि दुम्किबास आउने सडको स्तरउन्नित हुदा यो ठाउँ खास भुगोलको हिसाले टाढा पनि हुदैन ।
नर्सही, पक्लिहवा, गुठीप्रसौनी, प्रतापपुर,बेदौली, ठुलौ खैरटहवा,गुठीसुर्यपुरा, सोमनी, भुजहवा, रामपुर खडौना, रमपुरवा गाविस मिल्दा ७० हजार सात सय २५ जनसंख्या हुन्छ । कुडियाको बाँकी भाग अर्थात पाँच हजार जनसंख्या मिलाउदा नगरपालिका बनाउने जनसंख्या पुग्छ । ७५ हजार भन्दा माथि जनसंख्या यहाँ हुन्छ ।
कति पय गाविसलाई भौगालिक हिसावले मिलाउनुपर्ने जनसंख्याको सन्तुलनलाई ख्याल गर्नुपर्ने बिषयहरु छन् । यद्यपि नयाँ संरचनामा जाँदा सबैको चिन्त बुझ्ने हुदैन तर पनि सबैको भावना समेट्नु आजको आबश्यकता हो भन्ने कुरा सबैले मनन गर्नुपर्छ ।

Comments

Popular posts from this blog

जान्नुहोस् रमाइलो वर्णन - श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा ...

बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजार...

युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

ओहाइयो, ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले ल...