Skip to main content

सरकारले संविधान संशोधनको नाममा नवलपरासीको प्रदेश नं. ४ र ५ क्षेत्रलाई एकै स्थानमा गाभ्न लागेको भन्दै नवलपरासीका पहाडी क्षेत्रका रानैतिक दल र स्थानिय दुवा्रा विरोध प्रदसन

नवलपरासीका ४ न प्रदेशमा रहेका नवलपुर तथा पहाडी गा बि स हरु  साबिकमै कायम गर्न २०७३/०८/७ गते काठमान्डुतर्फ सर्वदलीय सर्वपक्षीय प्रतिनिधिमन्डल जादै।

सरकारले संविधान संशोधनको नाममा नवलपरासीको प्रदेश नं. ४ र ५ क्षेत्रलाई एकै स्थानमा गाभ्न लागेको भन्दै नवलपरासीका पहाडी क्षेत्रका रानैतिक दल र स्थानियहरुले विरोध जनाएका छन् । सञ्चारमाध्यमहरुमा अखण्ड नवलपरासी बनाउने भन्ने कुरा आएपछि त्यस क्षेत्रका स्थानियहरुले विरोध जनाएका हुन । साथै स्थानियहरुले विरोधका विभिन्न कार्यक्रमहरु समेत सार्वजनिक गरेको हाम्रा डेढ गाउँँ सहयोगी ऋषिराम पौडेलले जानकारी दिनु भयो । नवलपरासीको पहाडी गाविसहरु अन्तर्गत इलाका नं. १ का स्थानिय राजनैतिक दल र स्थानियहरुको हिजो बसेको इलाका इस्तरिय भेलाले विरोध स्वरुप विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो । डेढ गाउँमा बसेको इलाका इस्तरिय राजनैतिकहरुको भेला नेकपा एमाले इलाका नं. २ का इलाका कमिटि अध्यक्ष श्याम सुन्दर श्रेष्ठको अध्यक्षतामा बसेको थियो । भेलाले पहाडी गाविसहरुलाई प्रदेश नं. ४ मै कायम गर्न इलाका, जिल्ला हुँदै केन्द्र सम्म दवावका कार्यक्रम गर्ने निर्णय गरेको नेपाली कांग्रेस डेढ गाउँ गाउँ कार्यसमितिका सभापति भानु भक्त ओझाले बताउनु भयो । विरोधको स्थानिय सबै राजनैतिक दलहरुले सहमति जनाएका छन् । विरोधका कार्यक्रम स्वरुप हिजो साँझ डेढगाउँका ९ वटै वडाहरु बाट मसाल सहितको जुलुस निकालिएको थियो । राजनैतिक दलको अगुवाईमा स्वतस्फुर्त निस्केको जुलुस वडा नं. ७ को भुलाद चोकमा कोणसभामा परिणत भएको थियो । जुलुस इलाका प्रहरी कार्यालय फेदी, अकला मन्दिर र डेढ गाउँ माध्यमिक विद्यालय परिसर हुँदै  खहरे बजार सम्म पुगेको युवा संघ नेपाल डेढगाउँका अध्यक्ष सुदिप श्रेष्ठले बताउनु भयो । जुलुसमा सहभागिहरुले प्रदेशिक राजधानी पोखरा कायम गर, अखण्ड नवलपरासी हामीलाई मान्य छैन,  पहाडी क्षेत्र प्रदेश नं. ४ मा कायम गर, लगाएतका नारा लगाएको  पत्रकार विर बहादुर विसिले जानकारी दिनु भयो ।

#by ujjal ojha

Comments

Popular posts from this blog

जान्नुहोस् रमाइलो वर्णन - श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा ...

बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजार...

युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

ओहाइयो, ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले ल...