Skip to main content

टेलिकमको टावर नहुदा नवलपरासीका पहाडी गाविसका सर्वसाधारण समस्यामा

नवलपरासीको पहाडी गाविस डेढगाउ,रकुवा ,नरम ,भारतिपुर,रुचा¨,मिथुकरम लगाएतका गाविसमा नेपाल टेलिकमको टावरले राम्रो संग काम नगर्दा त्यस क्ष्ँेत्रका बासीन्दा समस्यामा परेका छन । नेपाल टेलिकम तथा अन्य दुरसंचार प्रदायक संस्थाको सेवा पनि राम्रो संग संचानल नहुदा पहाडी गावीसका सर्वसाधारण सम्पर्क बिहिन बन्ने गरेका छन ।

सुचना तथा संचारमा बिश्वले ठुलो फडको मार्दा पनि नवलपरासीका पहाडी क्ष्ँेत्रका बासीन्दा भने सुचना जस्तो दैनिक जनजिवनमा अत्यावश्यक हुने सेवा बाट समेत बन्चित हुदै आई रहेका छन ।
डेढगाउ गाविस लगाएत त्यस क्षेत्रमा तनहुको रिसीमा रहेको टावरले काम गर्ने गरेको भए पनि त्यसले पनि राम्रो संग काम नगर्दा समस्या उत्पन्न भएको डेढगाउ गाविस ९ का पशुपति ओझाले बताउनुभयो ।
नवलपरासीको धौवादीमा रहेको स्काईको टावर डेढगाउ क्षेत्रतिर पनि राम्रो संग काम नगर्ने गरेको साथै डेढगाउमा एनसेलको टावर रहेपनि त्यसले पनि राम्रो संग काम नगर्ने हुदा धेरै समस्या भएको ओझाले बताउनु भयो ।
“अहिलेको आधुनिक युगमा पनि ,संचारको प्रकियामा यति धेरै पछाडि पर्नु परेको छ, यो निकै दुर्भाग्य हो ” ओझाले भन्नुभयो ।
नवलपरासीका पहाडी जिल्ला संगै पाल्पा र तनहु जिल्लाका केहि गाविसका नेपाल टेलिकमका सेवाग्राहिहरु नेट चलाउन ,फोन गर्न समेत समस्यामा परेको नेकपा एमाले डेढगाउ गाविस कमिटि अध्यक्ष छविलाल ओझाले बताउनुभयो ।
नेपाल टेलिकमको टावर स्थापनको लागि पहल गर्न आफुहरु पटक पटक क्ष्ँेत्रिय कार्यलय भैरहवा देखि काठमाण्डौ सम्म पुगेपनि सबै ठाउबाट मौखिक आश्वसन पाएको तर अझै पनि केहि काम हुन नसकेको अध्यक्ष ओझाले बताउनुभयो ।

Comments

Popular posts from this blog

जान्नुहोस् रमाइलो वर्णन - श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा ...

बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजार...

युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

ओहाइयो, ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले ल...