Skip to main content

७ गविसबाट ५० करोडको अदुवा निर्यात

जिल्लाका पहाडी १७ गाविसबाट यस वर्ष ५० करोडभन्दा बढीको अदुवा भारत निर्यात भएको छ । जिल्ला कृषि कार्यालयका अनुसार ४० वर्षयता सबैभन्दा बढी मूल्यमा अदुवा बिक्री भएको हो ।

भारत निर्यात हुने अदुवा विभिन्न औषधि बनाउन प्रयोग गरिन्छ । गत वर्ष सुठो धार्नीको २ सय ५० रहेकामा यस वर्ष ६ सयभन्दा बढीमा बिक्री भएको हो । यो
किसानको जीविकोपार्जनको आधार भएको छ । यसबाट जिल्लाका पहाडी क्षेत्रका किसान घर व्यवहार चलाउने आम्दानीको राम्रो स्रोत बनेको छ । अदुवा कारोबारीले वषिर्क करोडौं कमाउने गरेका छन् ।
नवलपरासीमा खरिद गर्ने व्यापरीले भारतको गोरखपुरसम्म पुर्याएर १० गुणा बढी मूल्यमा बिक्री गर्छन् । अदुवा व्यापारमा भारतीयले पैसा लगानी गरेर नेपाली बिचौलियालाई काममा लगाउँछन् । पहाडी गाविस नरम, जौबारी, अर्खला, भारतीपुर, मिथुकरम, रुचारु, रकुवा, बुलिङटार, डाँडाझेरी, कोटथर, रतनपुर, हुप्सेकोट, धुरकोट, धौवादी, राकाचुलीलगायत गाविसमा अदुवा खेती हुने गरेको कृषि कार्यालयको तथ्यांक छ । ती गाविसमा सुन्तला खेती पनि उत्तिकै हुने गरेको छ ।
त्यहाँको १ हजार ३ सय हेक्टरमा अदुवा हुने गरेको कृषि कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा यस वर्ष १८ हजार ५ सय टन अदुवा उत्पादन भएको छ । मूल्य स्थिर नभए पनि गत वर्षको तुलनामा यस वर्ष किसानले झन्डै तेब्बर मोल पाएका छन् । अन्य समुदायको तुलनामा मगर समुदायका बासिन्दा यो खेतीमा संलग्न छन् । पहाडी क्षेत्रमा खेती गरिने हुँदा यहाँको अदुवा सत प्रतिशत अर्गानिक रूपमा उत्पादन हुने गरेको छ ।

Comments

Popular posts from this blog

जान्नुहोस् रमाइलो वर्णन - श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा ...

बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजार...

युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

ओहाइयो, ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले ल...