Skip to main content

बाँदर रोक्न ‘बाँदर घाँस’

बाँदरले अचाक्ली दु:ख दिन थालेपछि तामाकोसी गाउँपालिकाले ‘बाँदर घाँस’ रोप्ने नीति लिएको छ । पहिलो चरणमा भीरकोटमा ‘मोलासेस’ जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिएको हो । ‘बाँदर घाँस’ रोपेपछि बाँदरको बिगबिगी घटेको भीरकोटवासीले बताएका छन् ।

मोलासेस जातको घाँसमा बाँदरलाई मन नपर्ने गन्ध आउने, बोट बाक्लो हुने, पातमा झुस आउने र च्यापच्याप लाग्ने तेलजस्तो पदार्थ निस्कने भएकाले बाँदर यसको वरिपरि नै जाँदैन । यो घाँसबाट निस्कने झुस शरीरमा टाँसिएपछि निकाल्न नसकिने भएकाले बाँदर टाढैबाट फर्किने गरेको गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले बताए । गाउँपालिकाका अन्य ठाउँमा पनि यो घाँस रोप्न किसानलाई प्रोत्साहित गरिएको उनले जानकारी दिए ।

भीमेश्वर नगरपालिकाले भने बाँदर स्थानान्तरणका लागि ८ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरभित्र बढ्दै गएका बाँदरलाई ‘मंकी क्याचर’ मार्फत राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्न उक्त रकम छुट्याएको हो । उक्त रकमबाट नगरभित्रका बाँदर व्यवस्थापन हुने विश्वास गरिएको छ । नगर प्रमुख भरत केसीले भने, ‘यसबाट नभए अरू नै उपाय अपनाउने कि भन्नेबारेमा पनि छलफल भइरहेको छ ।’ बाँदरको दबदबा जंगल छेउका प्राय: सबै वडामा छ ।

जंगल छेउका खेतीपाती सखाप पारेको गुनासाले भरिएका निवेदन धेरै आएका छन् । नगरको पश्चिमी बोचस्थित बाह्रकुच्चेका २५ परिवारले त बस्ती नै छाडे ।

‘खेतीपातीमा मात्रै होइन, बाँदरको निसाना भूकम्पपछि बनेका टहरामा पनि परेपछि बस्ती छाड्यौं,’ ७० वर्षीय कमलबहादुर बस्नेतले भने, ‘उब्जनी जति तिनीहरूकै भोजन भयो, चित्रा च्यात्दै टहराभित्र पस्न थालेपछि सर्यौं ।’ उनीहरू बोचको पुरानो ३ नम्बरबाट ४ मा सरेका छन् । भीमेश्वर–८ का वडाध्यक्ष नकुल केसीले बोचलगायत सबै वडामा बाँदरको क्षति बढेपछि बजेट छुट्याउनुपरेको बताए ।

बाँदरले जिल्लाभरि नै दु:ख दिइरहेकाले सबै तहले कुनै न कुनै उपाय खोजिरहेका छन् । कालिञ्चोक गाउँ्पालिकामा बाँदरबाट खेती जोगाउन गोठाला व्यवस्था गरिएको छ । गाउँपालिका अध्यक्ष विनकुमार थामीले गाउँलेले गर्दै आएको तरिकाअनुसार बाँदर धपाउन हेरालुका लागि बजेट विनियोजन गर्ने बताए । मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ पनि बाँदरको क्षतिपूर्तिबारेका निवेदन अध्ययन गरिरहेको र उपाय खोजिरहेको बताउँछन् । ‘पहिला–पहिला गौंडामा बाँदर मारेर झुन्ड्याएपछि बाली खान आउँदैन थिए,’ विगु गाउँपालिका अध्यक्ष युधृष्ट खडकाका अनुसार गौरीशंकर संरक्षण क्षेत्र हुनुपूर्व बाँदर मारेर झुन्ड्याइन्थ्यो । संरक्षण क्षेत्र बनेपछि मार्न नपाइने नीति बन्यो । त्यसपछि झनै बढेका बाँदर र अन्य जंगली जनावरका कारण बिगुस्थित बुलुङका धेरै जमिन बाँझै छन् ।

Comments

Popular posts from this blog

जान्नुहोस् रमाइलो वर्णन - श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा ...

बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजार...

युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

ओहाइयो, ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले ल...