Skip to main content

खेल रसियामा, भिडन्त नेपालमा

बेसारको बोरा बोकेर बेसार बाजे बसमा चढे। बेसारको धुलोले शिरदेखि पैतलासम्म पूरै पहेंलपुर । लुगा र शरीर समेत पहेंलोभएका बेसार बाजेलाई देखेर बसको पछिल्तिर रहेका ठिटाहरु गलल्ल हाँसे ।– सुड्डो त पुरै ब्राजिलको फ्यान पो रैछ त ।–जर्सी मात्र हो र, हेर न जुँगा पनि पहेंलै पो छ त बुढाको ! हाहाहा.....।‘ए बाजे, सिधै ब्राजिलबाट आएको हो ?’ एउटा ठिटाले सोध्यो ।‘बाजुरा हैन बाबु, तल बेसीबाट आएको, शहर जान’ बेसारको बोरा समाउँदै बाजेले जवाफ फर्काए ।‘नेइमारले नै दान दिएजस्तोछ लुगादेखि पोकासम्म सुड्डोलाई’ अर्को बोल्यो ।‘त्यो नेपाने मोराको कुरा नगर है बाबु हो । अस्ति एक मानो बेसार लिएर गएको पैसात दिएको छैन । त्यस्तै लोभीले दिन्छ नि लुगा’ ठिटाहरुले नेइमार भन्दा बुढाले गाउँकै छिमेकी न्यौपाने सुनेछन् ।‘ए सुड्डोले के भन्छ यार । नेइमार भनेको, नेपाने पो भन्छ त ! ए बुढा तिमी ब्राजिलको फ्यान हैन ?’ फेरि अर्को केटो बोल्यो ।अघिल्तिर सिटमा पहेंलो जर्सी लगाएर बसेका अर्काथरी ठिटाहरु बोले, ‘ओइ केटा हो कसलाई थर्काएको । ती बेसार बेच्नहिँडेका बाजेलाई किन जिस्क्याउँछौं । तागत भए यता आओ ।'‘ए जोगीहरु पनि रैछन् त त्यहाँ । हेर हुलै बाँधेर माग्न हिँड्या जस्तो छ । कमण्डलु त देखिएन नि । हाहाहा’ अर्जेन्टिना समर्थक ठिटाहरुले जिस्क्याए ।‘ओई कसलाई जोगी भनेको ? बाटोमा फालेको डीडीसीको दूध प्याकेट टिपेर टेलरमा सिलाएर जर्सी बनाएजस्तो छ । फूर्ति गर्छौ !’ ब्राजिलका समर्थक झन् के कम ।‘हेर केटा हो देख्दै जण्डिस लागेको पहेंले बेसारेहरु भन्दा त यही राम्रो छ’ अर्जेन्टिनाका समर्थक किन झुक्थे र ।  ‘खुब राम्रो ! त्यस्ता छिर्केबिर्के लुगा के काम? एकपटक बल हानेर लडेपछि मैलो भएर कुन टिमको हो भनेर चिन्नै मुश्किल पर्ने’ ब्राजिलका समर्थक गल्लल हाँसे ।‘ल ल नकराओ धेरै । तिमीहरुका नेइमार भन्दा त हाम्रै मेस्सी हेन्डसम छ’ अर्जेन्टिनाको ठिटाले फूर्ति लगायो । ‘धेरै नखोक मुलाहरु । हेर हामी त फुटबलको बादशाह । पेलेको देश, फुटबलको देश । पाँचपटक त विश्वकप नै जितिसकेको छ’ ब्राजिलका समर्थकले पहेंलो जर्सी तन्कायो ।‘पाँचपटक जितेर के गर्नु । चार वर्षअघि आफ्नै मैदानमै जिल खानुपर्यो त ।जिल खाने टिम ब्राजिल हाहा’ अर्जेन्टिनाको ठिटाले अघिल्लो विश्वकप सम्झायो ।‘ल भयो तिमीहरुको अर्जेन्टिनामा त्यही एउटामेस्सी हो अलिअलि काम लाग्ने । त्यही पनि सन्यासलिएर फेरि फर्किएको मान्छेका के भर ! मेस्सी न सेस्सी’ ब्राजिलका समर्थक किन झुक्थ्यो र ।ब्राजिल र अर्जेन्टिनाका ठिटाहरुको वाकयुद्ध सुनिरहेका दुईजना दिदीहरुलाई खपिसक्नु भएन । उतापट्टि सिटमा बसिरहेका दिदीहरु उफ्रे – ‘ए बजियाहरु मुखमा जे आयो त्यही बोल्छौ ? थुतुनो च्यात्नुपर्यो !’ ‘के बोलेका छौं र दिदी हामीले ?’ ठिटाहरु झस्किए ।‘के भन्या त्यो ? अघिदेखि नै ब्राझिक, म्याक्सी भन्या छ, भन्या छ । तिमीहरुको घरमा दिदीबहिनीछैन । दिदीबहिनीले नै लगाउँदा हुन् नि ब्रा र म्याक्सी । मनलाग्दी बोल्छौ । मुख सिलाईदिउँ ?’ दिदीहरुले पिटौंला झैं गरे ।‘ल यी सुड्डीहरुसँग नसकिनेभयो’ भन्दै बसको पछिल्तिर सिटमा बसिरहेका अर्जेन्टिनाका ठिटाहरु अघिल्तिर हिँडे ।‘हाहाहा..ओई तिमीहरु त ब्राझिक टोलीका रे’ अर्जेन्टिनाका ठिटाले ब्राजिलका ठिटालाई खिल्लीउडाए ।‘अनि तिमीहरु नि म्याक्सीका मान्छे रे, हाहाहा’ ब्राजिलका समर्थकले पनि जवाफ फर्काए ।अर्कोतिर सिटमा सेतो जर्सी लगाएका जर्मनीका ठिटाहरुको अघिदेखि नै पारो चढेको थियो । एकजना बोलिहाल्यो, ‘ओई....जर्मनीका अगाडि अरु फ्याउराहरु धेरै प्यारप्यार नगरौं त । हामीत युरोपको बादशाह । हाम्राथोमस मुल्लर कुर्ले भने सबैलाई कुलेलम ठोक्ने बनाउँछन् ।’पछिल्तिर रहेको पोर्चुगलका फ्यानले पनि मुख खोल्यो, ‘ओई केटा हो, रोनाल्डो कहाँको हो भन्ने थाहा छ कि छैन ? कि भनिरहनुपर्यो । अनि आन्द्रे सिल्भाको नाम त सुनेका होलाउ नि ।’‘हाहा नामै आन्द्रे । त्यस्ताको त आन्द्रा चुडाउँछ स्पेनले । अनि त्यस्ता रोनाल्डोलाई त हाम्रो डिएगो कोस्टाले ठाउँको ठाउँमै ढालिदिन्छन् । अनि डेभिड जिया कसको गोलकिपर थाहा होला नि ? यसपाली सुनको ग्लोब जित्ने नै उनी हुन्’ रातो जर्सी लगाएर बसेको स्पेनको समर्थक बोल्यो ।जर्मनीको समर्थकलाई फेरि पारो चढ्यो, ‘यसअघि ब्राजिलमा भएको विश्वकपमानेइमारको ब्राजिल र मेस्सीको अर्जेन्टिनालाई लडाएर विजेता भएको बिस्र्यौ ? चारपटक विश्वकप जितिसकेका छौं । अब पाँच पुग्छ । त्यसमाथि हाम्रा त एक होइन, सबै खेलाडी स्टार छन् ।’‘पाँचपटक पहिल्यै जित्ने चाहिँ को नि ?’ ब्राजिलको समर्थकलाई खपिसक्नु भएन, ‘कोही छ पाँच पटक जितेर देखाउने अहिलेसम्म ?’‘हामीले पनि एकपटक जितेर देखाइसकेका हौं, अब दुई हुन्छ’ स्पेनको समर्थक बोल्यो ।‘एकको पनि के हिसाब गर्नु ?दुईपटक जितेर, तीनपटक उपविजेता भन्ने हामी हौं’ अर्जेन्टिनाका समर्थक बोल्यो ।‘हामी त विश्वकपकै पहिलो विजेता देश’ झिनो स्वरमा उरुग्वेका समर्थक बोल्यो ।‘हामीले पनि आयोजक देशका रुपमा एकपटक जितेका हौं’ फ्रान्सका समर्थकले पनि मुख खोल्यो ।‘त्यस्ता कुरा छोड केटा हो यसपाली जित्ने हामीले हो’ फेरि अर्जेन्टिनाको समर्थक बोल्यो ।‘डीडीसीका खोल धेरै नकराउ है, हान्दिउँला नि अहिले’ पहेंलो जर्सीवाला ब्राजिलका समर्थक करायो ।‘जन्डिसे, जोगीहरु चुप लाग’अर्जेन्टिनाका समर्थकले कुटौंला झैं गर्यो ।‘ओ चुप लाग यसपाली पनि जर्मनी हो’ मुल्लर लेखिएकोजर्सी लगाएको केटो करायो ।‘हैन, पोर्चुगल ।’‘स्पेन ।’‘हैन हैन ईंग्ल्याण्ड ।’‘फ्रान्स ।
’.......................बसभित्रै मारामार हुन लागेपछि गुरुजीले गाडी रोके ।‘ल भाइहरु यो बस रसिया पुग्दैन । रत्नपार्कसम्म हो । झरौं है त’ गुरुजी बोले ।कस्तो सुड्डो गुरुजी रैछ भन्दै केटाहरु हाहाहुहु गर्दै बसबाट झरेर लाखापाखा लाए । बेसार बोकेका बेसारबाजे केहीदिनज्यानै पहेंलो बनाएर बेसार बेच्नु ज्यानका लागि ठीक छैन भन्दै घरतिर फर्किए ।

Comments

Popular posts from this blog

जान्नुहोस् रमाइलो वर्णन - श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा ...

बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजार...

युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

ओहाइयो, ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले ल...