Skip to main content

कालीगण्डकी नदीमा निर्माणधिन पुल अन्तिम चरणमा(भिडियो सहित)

नवलपरासीको नवलपुर र तनहुँ हुँदै पोखरा जोड्ने कालीगण्डकी नदीमा निर्माणधिन पुल अन्तिम चरणमा पुगेको छ ।
नवलपरासीको बौदीकाली गाउँपालिका–२ खर्सानघाट र तनहुँको घिरिङ्गमा पर्ने कालीगण्डकी नदीमा निर्माणधिन पुलको झण्डै ९५ प्रतिशत काम पुरा भएको साईड इन्चार्ज कुमार गुरुङले बताउनुभयो ।

निर्माणधिन पुलको लम्बाई एक सय ७० मिटर रहेको छ । रसुवा हिमदुुङ निर्माण कम्पनी एण्ड ठोकर कन्सल्टेन्सी जे.भी.ले १६ करोड रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको छ । पुलमा एकतर्फी मात्रै गाडी चल्न मिल्नेछ । साईडमा फुटपातका लागि १÷१ मिटर राखिएको छ । पुलको ढलाईको काम सबै पुरा भएको गुरुङ्गले बताउनुभयो । असोजसम्म सबै काम पुरा हुने र सञ्चालनमा आउने जनाइएको छ ।



(भिडियो)

साइडमा गेभिन बाध्ने काम मात्रै बाँकी रहेकाले छिट्टै सकिने उहाँले बताउनुभयो । पुलको निर्माण आर्थिक वर्ष २०६७/०६८ सुरु गरिएको थियो । २०७२ सालको असार मसान्तसम्म सक्नुपर्ने सम्झौता भएको भए पनि एक वर्ष म्याद थप गरेर २०७३ सालको असार मसान्तसम्म भ्याउने गरी समय थप गरिएको थियो ।
तर गएको वर्षको असार १८ गते कालीगण्डकी नदीमा ठूलो बाढी आउँदा पुलको एक तिहाई भाग बगाएपछि फेरि एक वर्ष समय थप भएको थियो ।

Comments

Popular posts from this blog

जान्नुहोस् रमाइलो वर्णन - श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा ...

बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजार...

युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

ओहाइयो, ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले ल...